Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा थप ११ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या ५४ पुग्यो

विराटनगर ६ जेठ । प्रदेश १ मा आज थप ११ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखीएको आज झापाका ९ जना र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

झापाका ९ जनामा कोरोना संक्रमण देखिएको कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले जानकारी दिनुभएको छ । संक्रमितहरुको कोशी अस्पताल विराटनगरकै प्रयोगशालामा पीसीआर परीक्षण गरिएको थियो । उनीहरु झापाको केचनकवल गाउँपालिकाका हुन् । त्यहाँका एक युवकमा हिजो कोरोना पुष्टि भएको थियो ।

संक्रमण भएका युवकको टोलका ३३ जनाको स्वाब कोशी अस्पतालमा परीक्षण गर्दा थप ९ जनामा पोजेटिभ देखिएको हो । त्यस्तै सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका दुईजनामा कोरोना पोजेटिभ देखिएको छ ।

प्रतिष्ठानका सहायक प्रवक्ता डा. अशोक ऐरले गए राति १ बजे परीक्षण गर्दा २ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभएको हो । कोरोना पोजेटिभ देखिनेमा इटहरीका १८ वर्षका युवक र अर्का व्यक्ति सशस्त्र प्रहरी का कर्मचारी हुन् ।

योसँगै सुनसरीमा मात्र कोरोना संक्रमितको संख्या तीन पुगेको छ । झापामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ भने प्रदेश १ मा संक्रमितको संख्या ५४ पुगेको छ । प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १८ पुगेको छ । उपचाररत सवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button