Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर ७ जेठ । प्रदेश १ मा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ५ जना तथा सुनसरीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटाका एक पुरुष र धरानका एक महिलालाई कोरोना पुष्टि भएको हो ।

झापाका संक्रमितहरु यसअघि १० जना संक्रमित भेटिएको कचनकबलकै रहेको बताइएको छ । यस्तै धनकुटामा ६ जना संक्रमित भेटिएकोमा थप परीक्षण गर्दा एक जना र धरानमा पनि एक जनामा संक्रमण भेटिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिएको छ ।

प्रदेश १ मा कोरोना टेष्टको दायरा बढेसँगै संक्रमितको संख्या पनि दिनहुँ थपिन थालेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार आजसम्म प्रदेश एकमा पिसिआरबाट ३ हजार ७ सय ७ जनाको परीक्षण भएको छ ।

यस्तै आरडीटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको छ । प्रदेशस १ मा सबैभन्दा धेरै उदयपुरमा ३३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै झापामा १७ जना, धनकुटामा ७ जना, मोरङमा ४ जना, सुनसरीमा ३ जना, खोटाङमा एक जना र भोजपुरमा एक जनामा संक्रमण पुष्टि भएको । प्रदेश १ मा संक्रमित भएकामध्ये २६ जना निको भएर घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button