Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा दुईसाता पछि स्वत : डिस्चार्ज गर्ने तयारी

विराटनगर, १९ कात्तिक । प्रदेश १ मा कोरोना संक्रमण भएको दुईसाता पछि स्वत : डिस्चार्जको तयारी गरिएको छ । विश्व स्वास्थ्य संगठन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगतको राष्ट्रिय परीक्षण मार्गनिर्देशन अनुसार स्वत डिस्चार्जको तयारी गरिएको हो ।

सामाजिक विकास मन्त्रालयले कोरोना संक्रमण देखिएको १४ दिन पुरा गरेका र सामान्य अवस्थाकाहरुको स्वत : डिस्चार्ज गर्नेगरि छलफल अघि बढाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका डा. सुरेश मेहताले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय परीक्षण मार्गनिर्देशनमा सामान्य अवस्थाका संक्रमितको १४ दिन पछि स्वत : डिस्चार्ज गर्दा हुने उल्लेख रहेको बताउनुभयो । उहाँले भन्नुभयोे,‘ स्वास्थ्य उपचारमा रहेकाहरु, लक्षण देखिएका बाहेकका सामान्य अवस्थाका संक्रमितहरुको पुन : परीक्षण नगरि स्वत : डिस्चार्ज गर्नेबारे छलफल भईरहेको छ ।’ जनस्वास्थ्यकर्मी कैलाशखाकी श्रेष्ठले सामान्य अवस्थाका संक्रमितहरुले १४ दिन पुरा गरेपछि पुन : परीक्षण नगर्दा हुने बताउनुभयो ।

लक्षण नभएका सामान्य अवस्थाका व्यक्तिहरुका लागि पुन परीक्षण आवस्यक नभएको उहाँको भनाई छ । विराट मेडिकल कलेजका सहप्राध्यापक तथा समुदाय चिकित्सक डा. सुर्य पराजुलीले राष्ट्रिय परीक्षण मार्गनिर्देशनमा उल्लेख गरिएको व्यवस्था अनुसार पुन परीक्षण नगरी डिस्चार्ज गर्न नमिल्ने बताउनुभयो । १४ दिनपछि पनि धेरैलाई संक्रमण कायम देखिएकाले स्वत : डिस्चार्ज गर्न नमिल्ने उहाँको तर्क छ ।

आईसोलेसनमा तथा होम आईसोलेसनमा रहेकाहरुको पुन पीसीआर गरेर मात्र डिस्चार्ज गर्नुपर्ने डा. पराजुलीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button