Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा दूध संकलन बन्द

विराटनगर, ७ वैशाख । दुग्ध वितरण आयोजना(डीडीसी) को विराटनगरमा रहेको पाउडर प्लान्टको बोइलर विग्रिएको कारण प्रदेश नं १ का विभिन्न चिस्यान केन्द्रबाट संकलन हुने दूध तीन दिनसम्म संकलन नहुने भएको छ ।

तर डीडीसी ब्राण्डका उत्पादन भने बजारमा जान नरोकिने आयोजनाले बताएको छ । आयोजनाले दैनिक प्रदेश नं १ मा ४५ हजार लिटर दूध संकलन गरि दूध, दही, ध्यू, पनिर, वटर, आईसक्रिम, लालमोहन, पाउडर दूध बनाएर विक्री गर्दै आएको छ ।

दूध बढी उत्पादन हुने सिजनमा पाउडर दूध बनाउँदै आएको आयोजनाको बोइलरमा समस्या आइएपछि त्यसको मर्मतका लागि तीन दिनसम्म दूधको संकलन बन्द गरिने भएको हो । मंगलवारदेखि भने पूर्ववत दूध संकलन गरिने आयोजना प्रमुख गणेश यादबले वताउनुभयो ।

दूध पाउडर प्लान्टबाट घ्यू सहितको धुलो दूध र ध्यू बिनाको धुलो दूध उत्पादन हुने गरेको छ । दूध धरै भएको अबस्थामा पाउडर प्लान्ट संचालन गरि दैनिक ५ हजारदेखि २० हजार लिटर दूधबाट पाउडर बनाउँदै आएको उहाँले बताउनुभयो ।

झापा र इलामका दुध किसानले वितरण आयोजनाले दुध खरिद नगरिएको गुनासो गरेका छन् । डीडीसीले आफ्नो क्षमता र बजारको माग अनुसार किसानबाट दूध खरीद गर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button