Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा पीसीआर र आरडिटी विधिबाट ५ हजार २ सयको परीक्षण

विराटनगर, १३ वैशाख । प्रदेश १ मा पीसीआर र आरडिटी विधिबाट ५ हजार २ सयको परीक्षण गरिएको छ । आज साँझ सम्म ५ हजार २ सय १२ जनाको परीक्षण गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

पीसीआर विधिबाट आज सम्म शंकास्पद ९ सय १४ जनाको परीक्षण गरिएको छ । २ सय ४५ महिला र ६ सय ६९ जना पुरुषको कोरोना परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २ महिला र २८ पुरुष सहित ३० जनाको रिपोर्ट पोजेटिभ आएको छ । १ सय १० महिला र ५ सय ८९ पुरुष सहित ६ सय ९९ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

स्वाव संकलन गरिएका मध्ये १ सय ८५ जनाको रिपोर्ट आउन बाँकी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । आज सम्म आरडिटी विधिबाट ४ हजार २ सय ९८ जनाको एण्टीवडि परीक्षण गरिएको छ । एण्टीवडी परीक्षण गरिएका मध्ये १० जनामा पोजेटिभ देखिएको थियो ।

आरडिटीमा ७ सय २ महिला र ३ हजार ५ सय ८६ गरि ४ हजार २ सय ८८ जनाको नेगेटिभ रिपोर्ट आएको छ । प्रदेश १ मा आज सम्म ४ हजार ९ सय ७२ वेडको क्वारेन्टाईन निर्माण गरिएको छ । क्वारेन्टाईनमा आज सम्म १ सय २९ महिला र १ हजार ७५ पुरुष गरि १ हजार २ सय ४ जना वसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश १ मा आज सम्म २ महिला र २९ पुरुष गरि ३१ जना आईसोलेसनमा बसेका छन् । प्रदेश १ मा होम क्वारेन्टाईनमा वस्नेको संख्या ५ हजार ७ सय १५ पुगेको छ । होमक्वारेन्टाईनमा १ हजार ३ महिला र ४ हजार ७ सय १२ जना पुरुष रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button