Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा पीसीआर र आरडिटीबाट ५ हजार ६६ को परीक्षण

विराटनगर, १२ वैशाख । प्रदेश १ मा पीसीआर विधिबाट आज सम्म ९ सय ६ जना शंकास्पद व्यक्तिको नमूना संकलन गरिएको छ । नमूना संकलन गरिएका मध्ये २ सय ४३ महिला र ६ सय ६३ पुरुष छन् ।

उनीहरुमध्ये ८७ महिला र ४ सय ९६ पुरुषको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश १ मा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामा उदयपुरका २४, विराटनगरका ४ र भोजपुरका १ जना रहेका छन् ।

२९ जना मध्ये १२ जना भारतीय र १७ जना नेपाली रहेका छन् । र्यापीड डायग्नोष्टिक टेष्ट विधि (आरडिटी) बाट ४ हजार १ सय ६० जनाको नमूना परीक्षण गरिएको छ । परीक्षण गरिएकामा ६ सय ७६ महिला र ३ हजार ८ सय ८४ जना पुरुष छन् ।

प्रदेश १ सरकारले निर्माण गरेको क्वारेन्टाइनमा आज सम्म १ हजार १ सय ६३ जना वसेका छन । ४३ जना डिस्चार्ज भएका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० जना छन् ।

होम क्वारेन्टाइनमा वस्नेको संख्या ५ हजार ३ सय ८७ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । होम क्वारेन्टाइनमा बस्नेमा महिला ९ सय ३ र पुरुष ४ हजार ४ सय ८४ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button