Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा पुर्व बजेटमाथिको छलफल समय घटाउन अध्यादेश

विराटनगर, १९ जेठ । प्रदेश १ सरकारले पुर्व वजेट छलफलको समय घटाउन अध्यादेश ल्याएको छ । आज बसेको मन्त्रिपरिषद्को सिफारिस बमोजिम प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश आर्थिक कार्यविधि ( दोश्रो संशोधन) अध्यादेश २०७८ जारी गर्नुभएको छ ।

पुर्ववजेट छलफल हुदैन कि भनेर विपक्षी दलहरुले आशंका गरिरहेका बेला प्रदेश १ सरकारले छलफलको समय घटाउनका लागि अध्यादेश ल्याएको हो । ऐनमा बजेट माथिको पूर्व छलफल १५ दिन अगावै हुनुपर्ने व्यवस्था रहेको छ । अध्यादेश मार्फत ५ दिन अगावै पूर्व बजेट छलफल बनाईएको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभयो । कोरोनाको महामारीका बेला लामो समय नियमित वैठक सञ्चालन गर्न कठिन हुने भएकाले समय छोट्याउन अध्यादेश ल्याउने निर्णय भएको उहाँले बताउनुभयो ।

अध्यादेशको विपक्षी दलले विरोध जनाएका छन् । प्रदेश १ का विपक्षी दलले बजेट अधिवेशन चाडो आह्वान गर्न माग गरेका छन् । मुख्यमन्त्री शेरधन राईदे जेठ २५ वा २६ मा बैठक आह्वान हुने बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button