Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा लकडाउनको मोडालिटी परिवर्तन हुने

विराटनगर, २१ जेठ । प्रदेश १ सरकारले आगामी असार १ गतेदेखि लकडाउनको मोडालिटी परिर्वतन गर्ने भएको छ । मोरङको धनपालथान ५ दादरवैरीया स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्रको ८ कोठे भवनको आज शिलान्यास गर्दे प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश सरकारले लकडाउनको मोडालिटी बदल्ने बताउनु भएको हो ।

अब सधै यसरी बस्न नसकिने भन्दै उहाँले लकडाउनको मोडालिटी बदल्नु पर्नेमा जोड दिनु भयो । मन्त्री घिमिरेले लकडाउनको कारणबाट दिनानु दिन नेपाली जनताहरु प्रभावित हुँदै गइरहेको भन्दै प्रदेश सरकारले असार १ गते देखि लकडाउनको मोटालिटी बदल्ने गृहकार्य भईरहेको बताउनुभयो । मन्त्री घिमिरेले कोरोनाबाट नआतिकन सुरक्षित हुन तर्फ केन्द्रित हुन सवैमा आग्रह गर्नुभयो ।

उहाँले आधारभुत स्वास्थ्य सेवा केन्द्र धनपालथानकै नमुनाको रुपमा भवन निर्माण होस भनी शुभकामना समेत व्यक्तगर्नुभयो । आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण गर्नका लागि समाजसेवी बद्री पहाडीले ४ कठ्ठा जग्गा निःशुल्क दिनुभएको थियो ।

समाज सेवी पहाडीले यस क्षेत्रमा अधिकांश दलित विपन्न वर्गका समुदायहरु रहेकोले स्वास्थ्य सेवा केन्द्रका लागि जग्गा दिएको बताउनुभयो । स्वास्थ्य सेवा केन्द्रको ८ कोठे भवन निमार्ण गर्न संघिय सरकारले ६३ लाख रुपैयाँ दिएको धनपालथान ५ वडा अध्यक्ष गयानन्द सरदारले जानकारी दिनुभयो ।

भवनका लागि तीन किस्तामा बजेट आउने भएकाले निमार्ण सम्पन्न हुन ५ वर्ष लाग्ने निमार्ण पक्षले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button