Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा शंकास्पद २ हजार ३ सय बढीको स्वाव संकलन

विराटनगर, ३० वैशाख । प्रदेश १ मा कोरोना भाईरसका शंकास्पद २ हजार ३ सय बढीको स्वाव संकलन गरिएको छ । आज साँझ सम्म २ हजार ३ सय ४९ जनाको स्वाव संकलन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

६ सय ८२ महिला र १ हजार ६ सय ६७ पुरुष गरि २ हजार ३ सय ४९ जनाको स्वाव संकलन गरिएको हो । प्रदेश १ मा आज मात्रै ९० जनाको स्वाव संकलन गरिएको छ । स्वाव संकलन गरिएका मध्ये ६ सय ७४ महिला र १ हजार ६ सय ३१ पुरुष गरि २ हजार ३ सय ५ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । स्वाव संकलन गरिएका मध्ये ९ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

प्रदेश १ मा ८ हजार ३ सय २० जनाको आरडिटी गरिएको छ । आरडिटी गरिएका मध्ये २५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा आज मात्रै २ सय ४७ जनाको आरडिटी गरिएको छ ।

आरडिटी गरिएका मध्ये १ हजार ५ सय ८३ महिला र ६ हजार ७ सय १२ जना पुरुष गरि ८ हजार २ सय ९५ जनाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा ५ हजार ७ सय ९४ वेडको क्वारेन्टाईन निर्माण गरिएको छ । आज ५८ वेडको क्वारेन्टाईन हटाइएको छ ।

क्वारेन्टाईनमा बस्नेको संख्या ७ सय ४२ रहेको छ । प्रदेश १ मा होमक्वारेन्टाईनमा बस्नेको संख्या ८ हजार १ सय ४४ रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button