Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा शंकास्पद ३ हजार बढीको स्वाव परीक्षण

विराटनगर, ६ जेठ । प्रदेश १ मा कोरोना भाईरसका शंकास्पद ३ हजार बढीको स्वाव परीक्षण भएको छ । आज साँझ सम्म ३ हजार ३ सय ३२ जनाको परीक्षण भएको छ ।

कोरोना भाईरसका शंकास्पद ९ सय ३८ महिला र २ हजार ३ सय ९४ जना पुरुषको स्वाव परक्षिण गरिएको छ । प्रदेश १ मा स्वाव परीक्षण गरिएका मध्ये ८ महिला र ४६ पुरुष गरि ५४ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।

स्वाव संकलन गरिएका मध्ये ८ सय ३६ महिला र २ हजार २ सय ४६ पुरुष गरि ३ हजार ८२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । स्वाव संकलन गरिएका मध्ये १ सय ९६ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

प्रदेश १ मा आज १ सय ७१ जनाको स्वाव संकलन गरिएको छ । प्रदेश १ मा ९ हजार ६ सय ६२ जनाको आरडिटी परीक्षण गरिएको छ । आरडिटी परीक्षण गरिएका मध्ये २५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

आरडिटी गरिएका १ हजार ८ सय ७४ महिला र ७ हजार ७ सय २३ पुरुष गरि ९ हजार ५ सय ९७ जनाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा ६ हजार १ सय ७० वेड क्षमताको क्वारेन्टाईन निर्माण गरिएको छ ।

आज ९१ वटा वेड थप गरिएको छ । क्वारेन्टाईनमा १ हजार ५२ जना रहेका छन् । होमक्वारेन्टाईनमा ८ हजार ५ सय ६० जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button