Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा सार्वजनिक यातायात बन्द घोषणा

विराटनगर, २१ कात्तिक । यातायात व्यावसायीले आगामी आइतबारबाट अनिश्चितकालिन यातायात बन्दको घोषणा गरेका छन् । प्रदेश सरकारले राहत नदिएको विरोधमा व्यावसायीले आइतबारबाट अनिश्चितकालिन यातायात बन्दको घोषणा गरेका हुन ।

सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल, प्रदेश १ ले सरकारले आफ्ना माग सम्बोधनका लागि पटक पटक आग्रह गरेपनि अटेर गरेका कारण बन्द गर्ने निर्णय भएको महासचिव रमेश खत्रीले जानकारी दिनु भयो ।

लकडाउन अवधीको सवारी करमा पूर्ण छुट दिनुपर्ने, बैंकको व्याजमा सहुलियित दिनुपर्ने, कात्तिक मसान्तपछि सवारी करमा बिलम्ब शुल्क लाग्ने निर्णय खारेज गर्नुपर्ने लगायत नौं बुदे माग सम्बोधन नभएपछि यातायत बन्द गर्न लागिएको उहाँले बताउन ुभयो । २३ गते आइतबारबाट बस, टेम्पो, सिटी सफारी, ढुवानीका साधनलगायत सबै बन्द हुने उहाँले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button