Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’शुरु गरिने

विराटनगर, ३ मंसिर । प्रदेश १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’ शुरु गरिने भएको छ । अनलाईन कक्षाले समेट्न नसकेका विद्यार्थीलाई लक्षित गरि सामाजिक विकास मन्त्रालयले कोरोना प्रभावित क्षेत्रका विद्यालयलाई लक्षित गरि सिकाईलाई निरन्तता दिने उद्देश्यले ‘हेल्लो विद्यार्थी कार्यक्रम’ शुरु गर्न लागेको हो ।

कोरोना महामारीका कारण विद्यालय प्रत्यक्ष रुपमा खुल्न सक्ने अवस्था नभएको र अनलाईन कक्षामा थोरै विद्यार्थीको मात्र सहभागिता भएपछि मन्त्रालयले टेलिफोनबाट सिकाउने कार्यक्रम शुरु गर्ने तयारी गरेको हो ।मोवाइलबाट शिक्षकले विद्यार्थी सिकाउने र विद्यार्थीले शिक्षकलाई नबुझेको कुरा सोध्न सक्ने गरि कार्यक्रमको प्रवन्ध गरिएको छ । पहिलो चरणमा ३ महिनाका लागि शुरु गर्न लागिएको कार्यक्रममा सामाजिक विकास मन्त्रालय र स्थानीय तहको साँझेदारीता रहने छ ।

मन्त्रालयले चाडै कार्यक्रम शुरु गर्नका लागि मन्त्रालयले स्थानीय तहसँग सम्झौता शुरु गरेको छ । पहिलो चरणमा ६ जिल्लाका १० वटा स्थानीय तहमा कार्यक्रम शुरु गर्ने तयारी गरिएको प्रदेश शिक्षा निर्देशनालयका निर्देशक राजेन्द्र बुढाथोकीले बताउनुभयो । उहाका अनुसार धनकुटा, मोरंग, सुनसरी, झापा, इलाम र तेर्हथुमका १० वटा स्थानीय तहमा कार्यक्रम शुरु गरिने छ ।

धनकुटाको पाख्रीवास नगरपालिका र साँगुरीगढी गाउँपालिका, तेर्हथुमको छथर गाउँपालिका, सुनसरीको बर्जु र गढी गाउँपालिका, झापाको कचनकवल र कमल गाउँपालिका र मोरंगको केराबारी गाउँपालिकामा सम्झौता भईसकेको निर्देशक बुढाथोकीले बताउनुभयो । मोरंगको मिक्लाजुङ र इलामको चुलाचुलीमा सम्झौता गर्न बाँकी रहेको उहले बताउनुभयो । नेपाल टेलिकमको पाठशाला ( क्लोज युजर ग्रुप) सियुभी सिम मार्फत विद्यार्थीलाई सिकाउन लागिएको शिक्षा निर्देशक बुढाथोकीको भनाई छ ।

विद्यार्थी र शिक्षकले मात्र प्रयोग गर्न मिल्ने सियुजी सिममा १२९ रुपैयाँले १ महिना पुग्ने उहाले बताउनुभयो। बुढाथोकीका अनुसार विद्यार्थीका लागि सितैमा सिम दिईने र ३ महिनाका लागि शिक्षक र विद्यार्थीको सिममा व्यालेन्सको व्यवस्था गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button