Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा १३६ संक्रमित थपिए

विराटनगर, ११ वैशाख । प्रदेश १ मा आज १३६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ६८, झापामा २१, सुनसरीमा २०, संखुवासभामा ९, धनकुटा र इलाममा ३-३, तेर्‍हथुम, ताप्लेजुङ र ओखलढुङ्गामा १-१ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरंगको विराटनगरमा ५९, रंगेलीमा २, ग्रामथान, जहदा, पथरीशनिश्चरे,रतुवामाई, कटहरी, धनपालथान र उर्लाबारीमा १-१, झापाको विर्तामोडमा ७, झापा गाउँपालिकामा ४, अर्जुनधारामा ३, शिवसताक्षी, हल्दिबारी र भद्रपुरमा २-२, गौरीगञ्जमा १, सुनसरीको धरानमा १०, इटहरीमा ४, बर्जुमा २, रामधुनी, दुहवी, इनरुवा र स्थानीय तह नखुलेका १-१, संखुवासभाको खाँदबारीमा ८ , स्थानीय तह नखुलेका १, धनकुटाको धनकुटा नगरपालिकामा ३, इलामको इलाम नगरपालिकामा २ र स्थानीय तह नखुलेका १, तेर्‍हथुममा १, ताप्लेजुङमा १, ओखलढुङ्गाको सिद्धिचरणमा १ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ हजार ३२२ पुगेको छ । संक्रमित मध्ये २९ हजार ९४४ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ८९९ पुगेको छ ।
प्रदेश १ मा आज ४३८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ४२ महिला र ९४ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button