Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा १५ संक्रमित थपिए, २३ जना घर गए

विराटनगर, ८ असार । प्रदेश १ मा आज १५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १२ र झापामा ३ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरंगको रंगेलीमा ८ र सुन्दरहरैचामा ४ जना, झापाको भद्रपुरमा २ र दमकमा १ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ सय ६४ पुगेको छ । प्रदेश १ बाट आज २३ जना डिस्चार्ज भएका छन् ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १० र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १३ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । डिस्चार्ज हुनेमा मोरंगका १३, उदयपुरका ४, सुनसरी ३, झापा २ र तेर्हथुमका १ जना रहेका छन् ।

प्रदेश १ मा अहिले १ सय ९० जना उपचाररत रहेका छन् । कोशी कोभिड विराटनगरमा २३, पूर्वाञ्चल विश्वविद्यालय आईसोलेसन केन्द्र सुन्दरहरैचामा ९८, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ६४, उदयपुरको चौदण्डीगढी आईसोलेसन केन्द्रमा ५ जनाको उपचार भईरहेको छ । आज संक्रमण देखिएकाको व्यवस्थापनको काम भईरहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button