Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा १६८ डिस्चार्ज, ९२ संक्रमित थपिए

विराटनगर, २० मंसिर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १६८ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १६३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ३ र विराट मेडिकल कलेजबाट २ जना डिस्चार्ज भएका हुन ।

हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ८९९ पुगेको छ । प्रदेश १ मा आज ९२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ४४, सुनसरीमा २८, मोरङमा ८, इलाममा ५, सोलुखुम्वुमा ४, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको कनकाईमा ११, विर्तामोडमा ९, शिवसताक्षी र कमल गाउँपालिकामा ७–७, अर्जुनधारामा ४, भद्रपुरमा ३, मेचीनगरमा २, बुद्धशान्तिमा १, सुनसरीको धरानमा १५, इटहरीमा १०, इनरुवामा २, स्थानीय तह नखुलेका १, मोरंगको सुनबर्षीमा ३, विराटनगरमा २, पथरीशनिश्चरे, रतुवामाई र उर्लाबारीमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

उता इलामको इलाम नगरपालिकामा ५, सोलुखुम्वुको सोलुदुधकुण्डमा ३, थुलुङ दुधकोशीमा १, ताप्लेजुङको फुङलिङमा १ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार ४७ पुगेको छ । प्रदेश १ मा आज ४९२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये ३२ महिला र ६० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९५ हजार ३३१ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button