Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा १ सय ५१ वटा कोरोना सुरक्षा क्याम्प

विराटनगर,२६ चैत । नेपाल भारत सिमा क्षेत्र अन्र्तगत प्रदेश १ मा १ सय ५१ वटा कोरोना शसस्त्र सिमा सुरक्षा क्याम्प स्थापना गरिएको छ ।

विश्वभरी महामारीका रुपमा फैलीरहेको कोरोना भाइरस संक्रमण रोकथामकालागि लकडाउनको समयमा पनि खुल्ला सिमानाको फाइदा उठाउदै नेपाल आउनेहरु बढन थालेपछि शसस्त्र प्रहरीले प्रदेश १ को सिमा नाकामा थप १ सय ५१ स्थानमा कोराना सिमा सुरक्षा बेश क्याम्प स्थापना गरेको बताइएको छ ।

शसस्त्र प्रहरी प्रदेश १ का प्रमुख डिआइजी नगेन्द्रबहादुर थापाका अनुसार नेपाल भारत खुल्ला सिमा क्षेत्र अन्र्तगत इलाममा ७ वटा , झापामा ५८ वटा, मोरङमा ३५ वटा र सुनसरीमा ५१ स्थानमा कोरोना शसस्त्र सिमा सुरक्षा क्याम्प स्थापना गरिएका छन ।कोरोना सिमा सुरक्षा क्याम्पमा शसस्त्र प्रहरीहरुले गौडाहरुमा टेण्ट टाँगेर सर्तकता पुर्वक गस्ति गर्ने थापाले बताउनुभयो ।

खासगरि उनीहरुले भारतबाट नेपाल भित्रिनेहरुलाई कडा निगरानी गर्नेछन । पहिले एक नम्बर प्रदेशको नेपाल भारत सिमा क्षेत्रमा २४ वटा र चीनतर्फ ताप्लेजुङको ओलाङचुङगोला र किमाथाङकामा एक एक गरी जम्मा २६ स्थानमा मात्र शसस्त्र प्रहरीको बोर्डर आउट पोष्ट रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button