Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा २० जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

विराटनगर, १४ चैत । कोरोना भाईरस (कोभिड १९) का शंखास्पद २५ जनाको नमूना संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाईएकोमा २० जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रयोगशालामा पठाइएको मध्ये ५ जनाको रिपोर्ट आउन बाँकी छ ।

प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयका प्रवक्ता एवं जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताका अनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १६, उदयपुर अस्पताल, गाईघाटवाट १, कोशी अस्पताल विराटनगरवाट ६, र मेची अस्पताल भद्रपुरवाट २ गरि २५ जनाको नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणको लागि पठाइएको थियो ।

कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश १ का विभिन्न जिल्लामा निर्माण गरिएको क्वारेन्टाईनमा १ सय १४ जना भर्ना भएको प्रवक्ता डा. मेहताले बताउनुभयो । उहाँका अनुसार शंक्रमणको शंखामा रहेका ३ सय १० जना ‘होम क्वारेन्टाईन’मा रहेका छन् । प्रदेश १ का विभिन्न अस्पतालमा कोरोनाका शंखास्पद २१ जना विरामी भर्ना भई उपचार भईरहेको उहाँले बताउनुभयो ।

यसैवीच कोरोना भाईरस (कोभिड १९) को रोकथाम, नियन्त्रण तथा आवश्यक कार्य गर्नका लागि सामाजिक विकास मन्त्रालय अन्र्तगतका कार्यालय तथा स्थानीय तहमा सञ्चालित हेल्थ डेक्स सञ्चालन लगायतका लागि ३ करोड बजेट निकासा गरिएको छ ।

मन्त्रालय अन्र्तगतका कार्यालय र १४ वटा विभिन्न जिल्लाका स्थानीयतहलाई कोभिड १९ संक्रमण रोकथामका लागि हेल्थ डेस्क सञ्चालन लगायत कोरानासंग सम्बन्धित कार्यका लागि औषधी तथा औषधीजन्य सामाग्री खरीद तथा व्यवस्थापनका लागि प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रलाई ५० लाख, प्रदेश अन्तर्गतका १३ वटा अस्पतालहरुलाई ९५ लाख, प्रदेश अन्तर्गतका १४ वटा स्वास्थ्य कार्यालयहरुलाई २२ लाख ५० हजार , विभिन्न १४ वटा न.पा.÷गा.पा.हरुलाई ८० लाख र स्वास्थ्य निर्देशनालय, धनकुटालाई समेत गरी ३ करोड निकासा पठाइएको प्रवक्ता डा. मेहताले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोभिड १९ को संक्रमणबाट स्वास्थ्य सम्बन्धि तथा सो कार्यमा संलग्न हुने चिकित्सक, स्वास्थ्यकर्मी र एम्बुलेन्सका चालकहरुलाई संक्रमण हुनबाट बच्नका लागि विभिन्न सरकारी, निजी अस्पताल, स्वास्थ्य कार्यालय लगायतलाई (पीपीई) व्यक्तिगत सुरक्षा सामग्री २ सय ११ थान, ज्वरो नाप्ने मेसिन १६ थान, सर्जिकल मास्क ५ हजार थान, सर्जिकल ग्लोब ७ हजार २ सय जोडी, हेण्ड सेनिटाइजर १ हजार २ सय ५० थान उपलब्ध गराइएको छ ।

सामाजिक विकास मन्त्रालयले विशेष गरी संक्रमण भएका विरामीको हेरचाह, उपचार गर्ने चिकित्सक, स्वास्थ्यकर्मी लगायत सो कार्यमा खट्ने कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि मध्यनजर गरी त्यस्ता सामग्रीको निरन्तर व्यवस्थापन गरिरहेको जनाएको छ ।

प्रदेशका विभिन्न अस्पताल र स्वास्थ्य निकायमा प्रत्यक्ष रुपमा खट्ने सबै चिकित्सक, स्वास्थ्यकर्मीहरुको उच्च सम्मानगर्दै भविष्यमा समेत उच्च मनोबलका साथ निरन्तर सेवामा लाग्न मन्त्रालयले अनुरोध समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button