Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा २४ जनामा कोरोना संक्रमण

विराटनगर, १२ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना संक्रमण भएको छ ।

३३९ जनाको पीसीआर परिक्षण गर्दा २३ र ३० जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९, मोरङमा ५, सुनसरीमा ४, उदयपुरमा २, भोजपुर, इलाम र प्रदेश १ बाहिरका १‒१ जनामा संक्रमण देखिएको हो । झापाको विर्तामोडमा ४, हल्दिबारीमा २, शिवसताक्षी, कनकाई, बाहृदशीमा १‒१, मोरङको विराटनगरमा २, कानेपोखरी, सुन्दरहरैचा र लेटाङमा १‒१, सुनसरीको इटहरी र बराहक्षेत्रमा २‒२, उदयपुरको उदयपुरगढी र त्रियुगामा १‒१, भोजपुरको भोजपुर नगरपालिका, इलामको इलाम नगरपालिका र प्रदेश १ बाहिरका १‒१ जनामा संक्रमण देखिएका मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १८ महिला र २३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भउको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button