Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा २४ जनामा कोरोना पोजेटिभ

विराटनगर, १० वैशाख । प्रदेश १ मा पीसीआर र आरडिटी विधिबाट ३ हजार ७ सय बढीको परीक्षण गरिएको छ । हिजो साँझ सम्म दुवै विधिबाट ३ हजार ७ सय ७५ जनाको परीक्षण गरिएको हो । कोरोना भाईरस (कोभिड १९) को शंकास्पद ६ सय ७८ जनाको नमूना संकलन गरिएको छ ।

नमूना संकलन गरिएका मध्ये प्रदेश नं. १ मा २४ जनामा कोरोना पोजेटिभ देखिएको छ । २२ जना पुरुष र २ जना महिलामा कोरोना पोजेटिभ देखिएको हो । प्रदेश १ मा गरिएको परीक्षणमा ६८ महिला र ३ सय ८० पुरुष गरि ४ सय ४८ जनामा कोरोना नेगेटिभ रिपोर्ट आएको छ ।

नमूना संकलन गरिएका मध्ये २ सय ७ जनाको रिपोर्ट आउन बाँकी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा हिजो सम्म आरडिटी विधिबाट ३ हजार ९७ जनाको एण्टीवडी परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६ जनामा एण्टीवडी पोजेटिभ आएको थियो । उनीहरुको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

आरडिटी विधिबाट ४ सय ३६ महिला र २ हजार ६ सय ५५ पुरुष गरि ३ हजार ९१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश १ मा हिजो सम्म ४ हजार ५ सय ७१ जना क्षमताको क्वारेन्टाईन निर्माण गरिएको छ । हिजो मात्र १ सय ५३ वेड थपीएको छ । क्वारेन्टाईनमा हिजो सम्म १ सय २ महिला र ८ सय ८० पुरुष गरि ९ सय ९२ जना वसेका छन् ।

२ जना डिस्चार्ज भएका छन् । आईसोलेसनमा २७ जना भर्ना भएका छन् । हिजो ८ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा होमक्वारेन्टाईनमा वस्नेको संख्या ४ हजार ४ सय ८१ पुगेको छ । होमक्वारेन्टाईनमा ७ सय २६ महिला र ३ हजार ७ सय ५५ पुरुष वसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button