Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा २ हजार ४ सय बढीको स्वाव संकलन

विराटनगर, ३१ वैशाख । प्रदेश १ मा कोरोना भाईरसका शंकास्पद २ हजार ४ सय ३९ बढीको स्वाव संकलन गरिएको छ । आज साँझ सम्म २ हजार ४ सय ३९ जनाको स्वाव संकलन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

७ सय २३ महिला र १ हजार ७ सय १६ पुरुष गरि २ हजार ४ सय ३९ जनाको स्वाव संकलन गरिएको हो । प्रदेश १ मा आज मात्रै ९० जनाको स्वाव संकलन गरिएको छ । स्वाव संकलन गरिएका मध्ये ७ सय २१ महिला र १ हजार ६ सय ९४ पुरुष गरि २ हजार ४ सय १५ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेश १ मा ८ हजार ६ सय ७४ जनाको आरडिटी गरिएको छ । आरडिटी गरिएका मध्ये २५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा आज मात्रै ३ सय ५४ जनाको आरडिटी गरिएको छ । आरडिटी गरिएका मध्ये १ हजार ६ सय ६२ महिला र ६ हजार ९ सय ८७ जना पुरुष गरि ८ हजार ६ सय ४९ जनाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश १ मा ५ हजार ७ सय ७७ वेडको क्वारेन्टाईन निर्माण गरिएको छ । आज १७ वेडको क्वारेन्टाईन हटाइएको छ । क्वारेन्टाईनमा बस्नेको संख्या ६ सय ४२ रहेको छ । प्रदेश १ मा होमक्वारेन्टाईनमा बस्नेको संख्या ८ हजार २ सय १० रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button