Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा ३४९ जना कोरोना संक्रमित थपिए

विराटनगर, २३ जेठ । प्रदेश १ मा आज ३४९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १९५, सुनसरीमा ५१, झापामा ३६, तेर्हथुममा २६, संखुवासभामा ९, पाँचथर, इलाम र भोजपुरमा ४–४, उदयपुरमा ३, ओखलढुङ्गा र धनकुटामा १–१ र र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १२३, सुन्दरहरैचामा २५, बुढीगंगामा २१, बेलबारीमा १३, कानेपोखरी, केराबारी, रतुवामाई, कटहरी, सुनबर्षी र लेटाङमा २–२, ग्रामथानमा १, सुनसरीको बर्जुमा १२, इटहरीमा ११, धरानमा ८, दुहवीमा ६, इनरुवामा ४, रामधुनी र गढीमा ३–३, भोक्राहानरसिंह र बराहक्षेत्रमा १–१ र स्थानीय तह नखुलेका २, झापाको भद्रपुरमा १५, दमकमा ११, बुद्धशान्तिमा ३, अर्जुनधारा, कमल गाउँपालिका, कनकाई, शिवसताक्षी, विर्तामोड , झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । त्यसैगरि तेर्हथुमको म्याङलुङमा २५ र स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा ८ र सभापोखरीमा १, पाँचथरको फिदिममा ३ र फाकफोकथुममा १, इलामको मांसेबुङमा २, इलाम नगरपालिका र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिकामा ३ र स्थानीय तह नखुलेका १, उदयपुरको बेलकामा २ र त्रियुगामा १ , ओखलढुङ्गा र धनकुटामा १–१ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६१ हजार ९८६ पुगेको छ ।

संक्रमित भएका मध्ये ४१ हजार ६४० जना संक्रमणमुक्त भएका छन् । आज ९५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या १९ हजार ३७५ रहेको छ । प्रदेश १ मा आज १ हजार ११३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १६५ पुरुष र १८४ जना महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button