Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा ३७२ संक्रमित थपिए, १३८ डिस्चार्ज

विराटनगर, १० मंसिर । प्रदेश १ मा आज ३७२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १५९, झापामा ९७, सुनसरीमा ५७, संखुवासभामा २७, इलाममा १२, पाँचथरमा ४, भोजपुरमा २, तेर्हथुम र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा १२१ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ४७ महिला र ७४ पुरुष छन् । मोरङको लेटाङ, बेलबारी र बुढीगंगामा ६–६, रंगेलीमा ४, उर्लाबारी र रतुवामाईमा ३–३, सुन्दरहरैचा र कटहरीमा २–२, मिक्लाजुङ, ग्रामथान र धनपालथानमा १–१, र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण देखिएकोछ । झापाको झापा गाउँपालिकामा ३४, भद्रपुरमा २२, दमकमा ११, विर्तामोडमा १०, अर्जुनधारामा ५, कनकाई, बुद्धशान्ति, हल्दिबारी, मेचीनगर, शिवसताक्षी र गौरादहमा २–२ र गौरीगञ्ज र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको इटहरीमा २८,धरानमा १३, रामधुनी र इनरुवामा ५–५, दुहवीमा २, भोक्राहानरसिंह र गढीमा १–१ र स्थानीय तह नखुलेका २, संखुवासभाको खाँदबारीमा २७, इलामको इलाम नगरपालिकामा १०, रोङ र देउमाईमा १–१, पाँचथरको फिदिममा ४, भोजपुरको अरुण र स्थानीय तह नखुलेका १–१, तेर्हथुमको लालीगुराँसमा १, उदयपुरको कटारीमा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २६ हजार २५२ पुगेको छ ।

प्रदेश १ मा आज १३८ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसेनबाट १३७ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २१ हजार २८९ पुगेको छ । प्रदेश १ मा आज १ हजार २३८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १४७ महिला र २२५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

हालसम्म १ लाख ८६ हजार ९९८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button