Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा ३८२ कोरोना संक्रमित थपिए

विराटनगर, २८ असार । प्रदेश १ मा आज ३८२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १३६, मोरङमा ११९, सुनसरीमा १०१, धनकुटामा १०, इलाम र तेर्हथुममा ३–३, पाँचथर, भोजपुर र उदयपुरमा २–२, संखुवासभामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापाको भद्रपुरमा ४९, मेचीनगरमा ३३, दमकमा २१, विर्तामोडमा १८, अर्जुनधारा र हल्दिबारीमा ३–३, बुद्धशान्ति र कमल गाउँपालिकामा २–२, गौरादह, बार्हदशी, कनकाई , झापा गाउँपालिकामा र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ५२, बेलबारीमा ३३, पथरीशनिश्चरेमा १७, सुन्दरहरैचामा ९, बुढीगंगा, लेटाङ र उर्लाबारीमा २–२, ग्रामथान र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा ५२, इटहरीमा ४३, दुहवीमा ५ र इनरुवामा १, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिवासमा २, साँघुरीगढी, छथर र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिका, देउमाई र स्थानीय तह नखुलेका १–१, तेर्हथुममा म्याङलुङमा १ र स्थानीइ तह नखुलेका २, पाँचथरमा २, भोजपुरको भोजपुर नगरपालिकामा २, उदयपुरको उदयपुरगढीमा २, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७५ हजार ७९२, सक्रिय संक्रमितको संख्या ५ हजार ४६१ रहेको छ । आज २२७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ९५४ रहेको छ । प्रदेश १ मा आज ९९१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १७६ महिला र २०६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button