Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा ४ हजार ८ सय बढीको परीक्षण

विराटनगर, ११ वैशाख । प्रदेश १ मा पीसीआर र आरडिटी विधिबाट ४ हजार ८ सय बढीको परीक्षण गरिएको छ ।

आज साँझ सम्म पीसीआर विधिबाट ८ सय ८४ र आरडिटी विधिबाट ३ हजार ९ सय २९ जना गरि ४ हजार ८ सय १३ जनाको परीक्षण गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना भाईरस (कोभिड १९) का शंकास्पद ८ सय ८४ जनाको परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २८ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ । ८० महिला र ४ सय ८० पुरुष सहित ५ सय ६० जनाको कोरोना नेगेटिभ रिपोर्ट आएको छ ।

२ सय ९६ जनाको रिपोर्ट आउन बाँकी रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । आरडिटी विधिबाट आज सम्म ३ हजार ९ सय २९ जनाको एण्टीवडी परीक्षण गरिएको छ ।

आरडिटी परीक्षणमा १० जनाको पोजेटिभ रिपोर्ट आएको छ । ६ सय २३ महिला सहित ३ हजार २ सय ९६ जना पुरुषको एण्टीवडी नेगेटिभ आएको छ । प्रदेश १ मा ४ हजार ८ सय ९ जना अट्ने क्षमताको क्वारेन्टाईन निर्माण गरेको छ ।

आज मात्र २६ वटा क्वारेन्टाईन वेड थपिएको छ । प्रदेश १ मा आईसोलेसनमा वस्नेको संख्या ३० पुगेको छ । प्रदेश १ मा होमक्वारेन्टाईनमा वस्नेको संख्या ४ हजार ९ सय १० पुगेको छ । होमक्वारेन्टाईनमा ७ सय ९४ महिला र ४ हजार १ सय १६ जना पुरुष रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button