Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा ५१ प्रतिशत रोपाइँ

विराटनगर, २४ असार । प्रदेश एकमा ५१ प्रतिसत बढी धान रोपाइँ भइसकेको छ । प्रदेश १ मा हालसम्म ५१.१४ प्रतिसत धान रोपाई भइसकेको प्रदेश एकको भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले प्रदेश एकमा धान रोपाँई हुने ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफलमध्ये १ लाख ७४ हजार ३ सय ६ दशमलव २३ हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको जनाएको छ । यो कुल क्षेत्रफलको ५१ दशमलव १४ प्रतिसत हो ।

हालसम्म तराईको झापा, मोरङ, सुनसरीमा सबभन्दा बढी ५६ दशमलव ०३ प्रतिसत रोपाई भएको जनाइएको छ ।

यसैगरि मध्य पहाडको इलाम, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, ओखलढुंगा, उदयपुर र खोटाङमा ४४ दशमलव ६० प्रतिशत र उच्च पहाडको ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुमा हालसम्म ३० प्रतिशत रोपाई भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

गतवर्ष असार २४ सम्म प्रदेशमा २८ दशमलव १६ प्रतिशत मात्र रोपाई भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button