प्रदेश १ मा ५९ जना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या ४ सय ७ पुग्यो
विराटनगर, ७ जेठ । प्रदेश १ मा थप १६ जना कोरोना भाईरसका संक्रमित थपिएका छन । गएराती धनकुटामा ५ जना संक्रमण पुष्टी भएसँगै प्रदेश १ मा १६ जना थपीएका हुन् ।
धनकुटामा ८३ जनाको स्वाव संकलन गरेर विपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान सुनसरीमा गरिएको परीक्षणमा ४ पुरूष र १ महिलामा संक्रमण पुष्टि भएको हो । यसअघि हिजो विहान झापाका ९ जना, सुनसरीका १ जना र मोेरंगका १ जनामा संक्रमण पुष्टि भएको थियो । यो सँगै प्रदेश १ मा संक्रमितको संख्या ५९ पुगेको छ ।
त्यसमध्ये १८ जना उपचारपछि घर फर्केका छन । झापाको कचनकवल गाउँपालिकाका ९ जनामा संक्रमण पुष्टि भएको कोशी अस्पतालले जनाएको छ । कोशी अस्पतालको प्रयोगशालामा उनीहरुको परीक्षण भएको थियो । सुनसरी र मोरंगका २ जनाको धरानमा परीक्षण गरिएको थियो । प्रदेश १ मा ७ जिल्लामा संक्रमित देखिएका छन् ।
उदयपुरमा ३३, झापामा १२, मोरंगमा ४ , सुनसरीमा २, खोटाङमा १, धनकुुटामा ६ र भोजपुरमा १ जना संक्रमित देखिएका हुन । संक्रमित मध्ये १८ जना डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ७ पुगेको छ ।
प्रदेश १ मा ५९, प्रदेश २ मा १ सय ३५, बागमतिमा २७, गण्डकीमा ४, प्रदेश ५ मा १ सय ७६, कर्णालीमा १ र सुदरपश्चिममा ५ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।