Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा ५ हजार ९ सय जनाको कोरोना परीक्षण

विराटनगर, १६ वैशाख । प्रदेश १ मा ५ हजार ९ सय जनाको कोरोना परीक्षण भएको छ । पिसिआर प्रविधिबाट एक हजार १९ जना र आरडीटीबाट ४ हजार ८ सय ८१ जनाको नमूना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालले जानकारी दिएको छ ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या आजसम्म कूल २ हजार १ सय ४० जना पुगेको छ । १७ जना डिस्चार्ज भएका छन् । क्वारेन्टाइनमा ४ सय ४५ महिला र १ हजार ६ सय ९५ जना पुरुष छन् ।

आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३८ जना छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button