Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा ७७ संक्रमित थपिए, ८६ डिस्चार्ज

विराटनगर, २६ मंसिर । प्रदेश १ मा आज ७७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २८, झापामा २२, सुनसरीमा १४, संखुवासभामा ३, धनकुटामा २, खोटाङ, इलाम र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा १५, रतुवामाईमा ५, कानेपोखरीमा २, रंगेली, कटहरी, बेलबारी, सुन्दरहरैचा, ग्रामथान र पथरीशनिश्चरेमा १–१, झापाको मेचीनगर र विर्तामोडमा ५–५, गौरादहमा ४, अर्जुनधारा, शिवसताक्षी र दमकमा २–२, बुद्धशान्ति र भद्रपुरमा १–१, सुनसरीको इटहरीमा ७, धरानमा ६, इनरुवामा १, संखुवासभाको खाँदबारीमा २, धर्मदेवीमा १, धनकुटामा २, खोटाङको दिप्रुङ चुईचुम्मामा १, इलाममा १ र ओखलढुङ्गाको चिशंखुगढीमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कारोना संक्रमितको संख्या २८ हजार ७५४ पुगेको छ । प्रदेश १ मा ८६ जना डिस्चार्ज भएका छन् ।

होमआईसोलेसनबाट ८१ र विराट मेडिकल कलेजबाट ५ जना रहेका छन् । हालसम्म डिस्चार्ज हुनेका संख्या २३ हजार ५३७ पुगेको छ । प्रदेश १ मा आज ५५७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये महिला २६ र ५१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९९ हजार ७१६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button