Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा ८२.५१ प्रतिशत रोपाइ सम्पन्न

विराटनगर ५ साउन । प्रदेश १ मा आईतबार सम्म ८२.५१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

धान रोपाइँ हुने ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफल मध्ये २ लाख ८१ हजार २ सय २०.७२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको प्रदेश १ कृषि विकास निर्देशनालय विराटनगरका सूचना अधिकारी सरस्वती श्रेष्ठले बताउनुभयो ।

कृषि विकास निर्देशनालय विराटनगरका अनुसार आईतबार सम्ममा सवैभन्दा बढी तराईको झापा र हिमाली जिल्लाको सोलुखुम्वुमा धान रोपाइँ भएको छ । दुवै जिल्लामा ९० प्रतिशत धान रोपाइँ भएकोे छ ।

झापामा धान रोपाइँ हुने ८७ हजार ५ सय हेक्टर क्षेत्रफल मध्ये आईतबार सम्म ७८ हजार ७ सय ५० हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । हिमाली जिल्ला सोलुखुम्वुमा १ हजार ५ सय २५ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ ।

जसमध्ये १ हजार ३ सय ७२ हेक्टरमा धान रोपाइँ सकिएको छ ।प्रदेश १ को ओखलढुङ्गामा सवैभन्दा कम ५५ प्रतिशत धान रोपाइँ भएको छ । ओखलढुङ्गामा ४ हजार ४ सय ४ हेक्टरमा धान खेती हुने गरेकोमा आईतबार सम्म २ हजार ४ सय २१ हेक्टरमा मात्र धान रोपाइँ भएको छ । प्रदेश १ को हिमाली जिल्लामा २४ हजार १ सय १३ हेक्टर क्षेत्रफलमा धान खेती हुदैँ आएको छ । पहाडी जिल्लामा ९० हजार ९ सय १६ हेक्टर क्षेत्रफलमा धान खेति हुने गरेको छ ।

तराईका जिल्लामा २ लाख २५ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । जसमध्ये तराईका जिल्लामा ८६ प्रतिशत अर्थात १ लाख ९३ हजार ५ सय ५५ हेक्टर क्षेत्रफलमा रोपाईँ सम्पन्न भएको छ ।
हिमाली जिल्ला ताप्लेजुङमा खेती योग्य जमिन मध्ये ८५ प्रतिशत र संखुवासभामा ७५ प्रतिशत धान रोपाइँ भएको छ ।

पहाडी जिल्ला पाँचथरमा ७८ प्रतिशत, ईलाममा ७२ प्रतिशत भोजपुरमा ८४ प्रतिशत, तेह्रथुममा ७५ प्रतिशत, धनकुटामा ७० प्रतिशत, उदयपुरमा ७१ प्रतिशत, र खोटाङमा ८० प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।

तराईको मोरंगमा ८५ र सुनसरीमा ८६ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ । यहि अवधिमा गत वर्ष ५६.७४ रोपाई सम्पन्न भएको थियो । यो वर्ष प्रयाप्त पानी परेका कारण गत वर्षको तुलनामा वढि रोपाईँ भएकोसुचना अधिकारी सरस्वति श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button