Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा ९५४ संक्रमणमुक्त, २२७ संक्रमित थपिए

विराटनगर, १२ असार । प्रदेश १ मा आज ९५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४१७ महिला र ५३७ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६० हजार ३६९ पुगेको छ ।
प्रदेश १ मा आज २२७ जना कोरोना संक्रमित थपिएका छन् ।

सुनसरीमा १०७, मोरङमा ७८, झापामा २८, धनकुटा र उदयपुरमा ३–३, तेर्हथुममा १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।सुनसरीको धरानमा ७१, सुनसरीमा २७, रामधुनी र दुहवीमा ३–३, बराहक्षेत्र, इनरुवा र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ४१, पथरीशनिश्चरे र केराबारीमा १३–१३, मिक्लाजुङ र रतुवामाईमा ३–३, सुनबर्षीमा २, धनपालथान, बेलबारी र सुन्दरहरैचामा १–१, झापाको दमकमा ९, भद्रपुरमा ८, हल्दिबारी, मेचीनगर र विर्तामोडमा ३–३, अर्जुनधारा र बार्हदशीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा २ र छथरमा १, उदयपुरको बेलका, उदयपुरगढी र स्थानीय तह नखुलेका १–१, तेर्हथुममा १ र र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७० हजार १९१ पुगेको छ । सक्रिय संक्रमितको संख्या ८ हजार ६४९ रहेको छ । प्रदेश १ मा आज ६६० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १०३ महिला र १२४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button