Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा ९५ प्रतिशत संक्रमणमुक्त

विराटनगर, १८ पुस । प्रदेश १ मा ९५ प्रतिशत कोरोना संक्रमणमुक्त भएका छन् । आज सम्ममा ९५ दशमलव ५८ प्रतिशत संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

२९ हजार ८४३ संक्रमित मध्ये २८ हजार ५२५ जना डिस्चार्ज भएको मन्त्रालयका कोभिड १९ निगरानी, तथ्याङ्क संकलन तथा अनुगमन समितिका संयोजक डा. रविन्द्र निरौलाले बताउनुभयो । उहाँकाअनुसार सवैभन्दा बढी मोरंगमा १३ हजार ९१ जना संक्रमित भएका छन् । संक्रमण देखिएका मध्ये १२ हजार ६२५ डिस्चार्ज भएका छन् ।

सुनसरीमा ८ हजार ९३८, झापामा ४ हजार ६४३, उदयपुरमा ४९३, इलाममा ४७१, संखुवासभामा ३४१, धनकुटामा २०५, तेर्हथुममा ११९, पाँचथरमा १४४, ताप्लेजुङमा १२०, खोटाङमा ९६, भोजपुरमा ८४, ओखलढुङ्गामा ४७ र सोलुखुम्वुमा ३७ जनामा संक्रमण देखिएको डा. निरौलाले बताए ।

उहाँकाअनुसार संक्रमण देखिएका १ हजार १४ जना अन्य प्रदेशका छन् । मन्त्रालयले शनिबार सम्म कोरोना संक्रमणबाट ४६१ जनाको मृत्यु भएको जनाएको छ । सुनसरीमा १४४, मोरंगमा १३२, झापामा १२३, धनकुटामा १०, इलाम र उदयपुरमा ७–७, तेर्हथुममा ४, ताप्लेजुङमा २, पाँचथर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ३० जनाको मृत्यु भएको हो । प्रदेश १ मा आज ३१ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरंगमा १६, सुनसरीमा ८, झापामा ६ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १०, बुढीगंगामा ४, लेटाङमा २, सुनसरीको इटहरीमा ४, धरानमा २, रामधुनी र हरिनगरमा १–१, झापाको विर्तामोडमा २, अर्जुनधारा, कनकाई, बुद्धशान्ति र कमल गाउँपालिकामा १–१ र प्रदेश १ बाहिरका १ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

शनिबार ९५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ८६, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ र विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा आज ३२८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये ८ महिला र २३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ९ हजार २३९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button