Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा ९ हजार ६ सय भायल कोभिड विरुद्धको खोप आयो

विराटनगर, १२ माघ । प्रदेश १ मा कोभिड १९ विरुद्धको १० डोज ९ हजार ६ सय भायल मात्रा खोप आज आईपुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले पहिलो चरणमा पठाएको ९ हजार ६ सय भायल मात्रा प्राप्त गरिएको प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र विराटनगरका प्रशासकीय अधिकृत काशीराज पराजुलीले बताउनुभयो ।

उहाका अनुसार प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रमा प्रदेश १ का १४ र प्रदेश २ का सिरहा र सप्तरी जिल्लाका लागि पनि खोप आएको हो । सुनसरी र मोरंगले आज नै खोप बुझिसकेको र अन्य जिल्लाहरुमा भोली विहान पठाइने प्रशासकीय अधिकृत पराजुलीले बताउनुभयो ।

प्रदेश १ का १४ जिल्लाका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका गरि ३४ हजार ८५१ जना र १४ वटै जिल्लाका ७२५ सरसफाई कर्मचारी गरि ३५ हजार ५७६ जनालाई कोभिड १९ विरुद्धको खोप लगाईदैछ ।

प्रदेश १ का सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरुमा ताप्लेजुङका १४ हजार ३, धनकुटाका ८३१, उदयपुरका १ हजार २३७, भोजपुरका १ हजार १७६, मोरंगका १२ हजार ५६, इलामका १ हजार ६९०, ओखलढुङ्गाका १ हजार ३६६, खोटाङका १ हजार ६००, झापाका ४ हजार ९ सय ७७, तेर्हथुमका ७२३, संखुवासभाका ९४९, सोलुका ६८६, सुनसरीका ५ हजार २३३ र पाँचथरमा ९२४ लाई खोप लगाईने पराजुलीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button