प्रदेश १ योजना आयोगका पदाधिकारीको सपथ ग्रहण

0
63

विराटनगर, १९ मंसिर । प्रदेश १ मा योजना आयोग गठन भएको एक महिना पछि आयोगका पदाधिकारीलाई सपथ ग्रहण गराईएको छ । प्रदेश १, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले आयोजना गरेको सपथग्रहण कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले उपाध्यक्षमा नियुक्त भएका सुबोधराज प्याकुरेल, पुर्ण लक्सम र मिना भण्डारीलाई सपथ खुवाउनु भएको छ । सपथग्रहण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले चुनौती र अवसरको बिचमा जिम्मेवारी दिईएको बताउनुभयो । उहाँले अहिलेको आबस्यकता र चाहनाका आधारमा जनताको भावना अनुसार काम गर्नको लागि जनताले निर्वाचित गरेर पठाएको भन्दै मुख्यमन्त्री राईले प्रदेश १ मा विकासको नौलो खाका तयार गरी तत्कालिन र दिर्घकालिन योजना निर्माण गर्न आयोग सक्षम हुनेमा आफु विश्वस्त रहेको बताउनुभयो । संघीयताको मर्मलाई हृदयङ्मन गर्दै संभावनाको जगमा उभिएर प्रदेशलाई तत्काल सजाउने र सुन्दर बनाउने कामको शुरुवात प्रदेश १ ले गर्ने बेला आएको मुख्यमन्त्री राईले बताउनुभयो । यस अघि धेरै ठुला ठुला भाषण गरी सकिए अब जनताको चाहना अनुसारको कामको खाँचो रहेकोले अब जनताले भाषण नपत्याउने सुनाउनुभयो । प्रदेश सरकारले घोषणा गरे अनुसारको प्रतिबद्धताको आधारमा कामहरु गरिरहेकोले अलमल नगरेको भन्दै राईले अब प्रदेशहरु बिच हुने विकासका होडवाजीमा प्रदेश १लाई पहिलो बनाउन सबै लागि पर्न राईले आग्रह गर्नुभयो । सपथग्रहण पछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले पहिलाको योजनाका कारण विकासका कामहरु दुश्चक्रमा फँसेको बताउँदै अब नयाँ योजनाका साथ प्रदेश १लाई आत्मनिर्भर बनाउने दावी गरेका छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here