Tune to BFM 91.2|Biratnagar

प्रदेश १ सरकारको आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित

विराटनगर, २८ जेठ । प्रदेश १ सरकारले गत शुक्रबार प्रदेशसभामा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज पारित भएको छ ।

प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पेश गर्नुभएको आर्थिक बर्ष २०७७/२०७८ को नीति तथा कार्यक्रम आजको प्रदेशसभा बैठकले पारित गरेको हो ।नीति तथा कार्यक्रममाथिको छलफलमा ५२ जना सांसदहरुले भाग लिएका थिए ।

त्यसमाथि नेपाली काँग्रेस र संघीय समाजवादी पार्टीले संशोधन दर्ता गरेकोमा समाजवादीका जयराम यादवले संशोधन फिर्ता लिनुभएको थियो भने काँँग्रेसको संशोधन अस्वीकृत भएको थियो ।काँग्रेसका सांसद केदार कार्की र शेखरचन्द्र थापाले दर्ता गराएको संशोधनका कतिपय विषय भने सरकारले स्वीकार गरेको थियो ।

बैठकमा सांसदहरुले उठाएका प्रश्नबारे जवाफ दिने क्रममा मुख्य मन्त्री शेरधन राईले सम्बोधन गरेपछि समाजवादी दलका नेता भने आफ्नो संशोधन प्रस्ताव फिर्ता लिनुभएको थियो ।सांसद यादवले निती कार्यक्रमको प्रस्तावनामा संघीयता प्राप्तीका लागि भएको मधेशी र आदिवासी जनजाति आन्दोलनलाई समावेश नगरेको भनी दर्ता गरेको संशोधन मुख्यमन्त्रीले स्वीकार गर्नुभएको थियो ।

यस्तै नीति तथा कार्यक्रममा सभामुखलाई सम्बोधन गर्नुपर्नेमा प्रदेशसभा सदस्यलाई सम्बोधन भएको भन्दै काँग्रेसले हालेको संशोधन पनि मुख्यमन्त्रीले स्वीकार गर्नुभयो । मंगलबारे अस्पतालको नाम परिवर्तनसहितका विषय सरकारले सम्बोधन नगरेको भन्दै काँग्रेसले संशोधन फिर्ता लिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button