Tune to BFM 91.2|Biratnagar

प्रदेश १ सरकारद्धारा १० करोडको कोष स्थापना


विराटनगर,११ चैत । प्रदेश नं १ सरकारले कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्नका लागि १० करोडको कोष खडा गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नं १ कोरोना जन सुरक्षा कोष खडा गर्नुका साथै सो कोषमा प्रदेश सरकारका तर्फबाट १० करोड रकम जम्मा गरेको छ । कोषमा मुख्यमन्त्री सहित मन्त्री र राज्यमन्त्रीहरुले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको छ ।

मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोरोना इन्फरमेसन डेक्स स्थापना गर्ने निर्णय भएको छ ।

सबै मन्त्रालयहरुमा एक जना अधिकृतस्तरको कर्मचारीलाई कोरोना फोकल पर्सनको रुपमा तोकी प्रत्येक दिन इन्फरमेशन डेक्समा कोरोना सम्बन्धि सूचनाहरु उपलब्ध गराउने निर्णय भएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button