प्रदेश १ सरकारबाट प्रदेश २ लाई एक करोड सहयोग

0
225

विराटनगर, ३० बैशाख । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले एक करोड रुपैयाँको चेक प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई आज हस्तान्तरण गर्नु भएको छ । प्रदेश १ सरकारका तर्फबाट बारा र पर्सा जिल्लाको हावाहुरी प्रभावितका लागि सो रकम हस्तान्तरण गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राईले राउतलाई एक करोडको चेक हस्तान्तरण गर्नु भएको हो । गत चैत १९ गते बारा र पर्सा जिल्लामा हावाहुरीका कारण २८ जनाको ज्यान गएको थियो भने एक हजार बढी घाइते भएका थिए । हावाहुरीबाट प्रदेश २ को बारा र पर्सामा ठूलो धनजानको क्षति भएपछि प्रदेश १ सरकारले राहत स्वरुप एक करोड रुपैयाँ दिने घोषणा गरेको थियो । चेक बुझ्दै प्रदेश १ का मुख्य मन्त्री राउतले विपतका बेला सहयोग गरेकोमा प्रदेश १ सरकारलाई धन्यवाद दिनु भयो । चेक हस्तान्तरण गर्दै प्रदेश १ का मुख्य मन्त्री राईले विपतका बखत एकअर्कालाई सहयउोग गर्नु मानविय धर्म भएको बताउनु भयो । विपतका बेला आआफ्नो स्थानबाट एकअर्कालाई सहयोग गर्नु पर्नेमा उहाँको जोड छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here