Tune to BFM 91.2|Biratnagar

प्रदेश १ सरकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

विराटनगर, २५ वैशाख । प्रदेश १ सरकारलाई कतार च्यारिटी नेपालले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि विभिन्न स्वास्थ्य सामाग्रीहरु च्यारिटीले आज सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरेको हो ।

स्वास्थ्य सामाग्री ग्रहण गर्दै मन्त्री घिमिरेले संकटको समयमा सवैको सहयोग आवस्यक रहेको बताउनुभयो । उहाँले संकटको समयमा स्वास्थ्य सामाग्री प्रदान गरेकोमा धन्यवाद दिनुभयो ।

कतार च्यारिटीले व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) ३ सय थान, आईआर थर्ममिटर २५ ओटा, मास्क, ग्लोब्स लगायत गरि ५ हजार १ सय २५ थान सामाग्री हस्तान्तरण गरेको परियोजना व्यवस्थापक इर्साद अलिशेखले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button