प्रधानन्यायाधिश नियुक्तीका लागि सिफारिस गर्न बसेको संवैधानिक परिषदको बैठक विनानिष्कर्ष सकियो

0
47

विराटनगर, १७ मंसिर । प्रधानन्यायाधिश नियुक्तीका लागि सिफारिस गर्न बसेको संवैधानिक परिषदको बैठक विनानिष्कर्ष सकिएको छ । प्रधानन्यायाधिशका लागि न्याय परिषदले योग्य ठहर गरेका सर्वोच्च अदालतका वरिष्ठ न्यायाधिशद्धय दिपकराज जोशी र चोलेन्द्र शमशेर राणाबारे थप छलफल गर्नुपर्ने निष्कर्ष निकाल्दै आज सिंहदरबारमा बसेको संवैधानिक परिषदको बैठक सकिएको हो । बैठक आगामी शनिबार २२ गते पुन बस्ने गरी स्थगित गरिएको परिषदका सदस्य एवम् राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनु भयो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टी केन्द्रिय कार्य समिति बैठकमा जानुपर्ने भएकाले पनि बैठक स्थगित गर्नुपर्ने अवस्था आएको पनि अध्यक्ष तिमिल्सिनाको भनाई छ । बैठकमा वित्त आयोगलगायतका संवैधानिक आयोगलाई पूर्णता दिने सम्बन्धमा पनि सामान्य छलफल गरिएको थियो । प्रधानन्यायाधिश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुस १७ गतेबाट अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ । त्यस अघि नै प्रधानन्यायाधिश नियुक्तिको प्रक्रिया पूरा गर्नुपर्ने भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले परिषदको बैठक बोलाउनु भएको हो । सर्वोच्च अदालतमा हाल संसदीय सुनुवाई विशेष समितिले अस्विकृत गरेका वरिष्ठ न्यायाधिश जोशी र अर्का वरिष्ठ न्यायाधिश राणामात्रै प्रधानन्यायाधिशमा सिफारिसका लागि योग्य हुनुहुन्छ । सर्वोच्च अदालतमा ३ वर्ष काम गरेका न्यायाधिशले मात्रै प्रधानन्यायाधिशमा सिफारिस हुने व्यवस्था छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here