प्रधानन्यायाधीश चोलेन्द्र शमसेरद्वारा पदभार ग्रहण

0
115

काठमाण्डौ, १८ पुस । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा सर्वाेच्च अदालत पुगेर कार्यभार सम्हाल्नु भएको छ । आज बिहान शितल निवासमा सपथ ग्रहण गरेलगत्तै सर्वाेच्च पुगेर जबराले कार्यभार सम्हाल्नु् भएको हो ।उहा सेतो फूलको माला लगाएर हँसिलो मुद्रामा सर्वाेच्च पुग्नु भएको थियो । सर्वाेच्च अदालत परिसरमा न्यायाधीश र कर्मचारीहरु लामबद्ध भएर जबरालाई स्वागत गरेका थिए ।नेपालको खानदानी राणा परिवारका सदस्य चोलेन्द्र शमसेर जबरा राणा प्रधानमन्त्री वीरशमसेरका चौथो पुस्ताका सन्तान हुनुहुन्छ । सुकेधारा गणेशगौरी मार्गका स्थायी बासिन्दा राणाले कानूनमा स्नातक –डीएल) सम्म अध्ययन गर्नु भएको छ । उहाले सन् २०१३ मा कोरियामा न्यायालयको विकास सम्बन्धी तालिमसमेत लिनु भएको छ ।उहा ०७१ जेठमा सर्बाेच्च अदालतको स्थायी न्यायाधीश बन्नु भएको थियो । त्यसबेला संसदीय सुनुवाई समितिमा तत्कालीन एमाले र माओवादीले राणाको विपक्षमा मत दिएका थिए । तर, अहिले उहा नेकपाकै साथ पाएर प्रधानन्यायाधीश बन्नु भएको छ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here