प्रधानमन्त्रीको निष्कर्ष : उपभोक्तावादी चिन्तनले ब्यापार घाटा बढ्यो

0
246

काठमाण्डौं, १९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले ब्यापार घाटा बढ्नुको मुख्य कारण नेपालीहरुमा बढ्दो उपभोक्तावादी चिन्तन भएको बताउनु भएको छ । उहाँले नेपाल भारत व्यापारमा भएको समस्या तकाल समाधान गरिने बताउनुभयो । आज मोरङका उद्योगी व्यवसायीहरुसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले नेपालीहरुमा उपभोक्तावादी चिन्तन बढेको बताउनुभयो । ‘विश्वको जुनसुकै ठाउँमा निस्केको अत्याधुनिक फेसन लगाएकै छन् । अत्याधुनिक खाना पनि खाएकै छन’ उहाँले भन्नुभयोे, ‘तर आफ्नोमा त्यस्तो फेसन बनाउने वा खाना उत्पादन गर्नेतिर हाम्रो ध्यान छैन । व्यापार घाटा घट्ने मुख्य कारण पनि उपभोक्तावादी चिन्तन नै हो ।’ उहाँले नेपाल र भारतबीच व्यापारमा देखिएका असमझदारीहरु हटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा टोली भारत पठाउने लागिएको जानकारी दिनुभयो । नेपालमा हुने विमस्टेक सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि यसबारे कुरा गर्ने उहाँले बताउनुभयो । ‘विमस्टेकमा आउनुभएका राष्ट्रप्रमुखसँग सामुहिक रुपमा र व्यक्तिगत रुपमा पनि व्यापार समस्या समधानका लागि हामी कुरा गर्छाैं’ उहाँले भन्नुभयोे । प्रधानमन्त्री ओलीले उद्यमी र सरकार मिले नेपालको परिचय बदल्नुपर्नेमा जोड दिनुभयो । व्यावसायीहरुले कर वृद्धिको बिषयमा गुनासो गरेपछि प्रधानमन्त्रीले त्यस बिषयमा आफूले थप जानकारी लिने तर, दोहोरो करको व्यवस्था चाँही हटाइने बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here