Tune to BFM 91.2|Biratnagar

प्रधानमन्त्री ओलीको सिफारिस संवैधानिक ‘कु’ : डा.शेखर कोइराला

विराटनगर ५ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसलाई संवैधानिक ‘कु’ को संज्ञा दिनुभएको छ ।

विराटनगरस्थित कोइराला निवासमा आज सञ्चारकर्मीसँग कुरा गर्दैै डा. कोइरालाले प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध काँग्रेस सडक संघर्षमा आउने बताउनुभयो ।नेता कोइरालाले भन्नुभयो ‘प्रधानमन्त्री ओलीको कदम संवैधानिक ‘कु’ हो र यस विरुद्ध नेपाली काग्रेंसले संघर्ष गर्छ ।’

आज मध्यान्ह विराटनगर स्थित कोइराला निवासमा पत्रकारहरुसँगको कुराकानीमा नेता कोइरालाले संविधान विपरित प्रधानमन्त्रीबाट भएको सिफारिस राष्ट्रपतिले स्वीकार गर्न नहुने भन्दै राष्ट्रपतिको कमद पनि काँग्रेसले भावी रणनीति तय गर्ने बताउनुभयो ।नेता कोइरालाले लोकतान्त्रिक संविधानमाथिको प्रहार विरुद्ध तत्काल सडकबाट प्रतिरोध गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओली अधिनायकवादी शासकको अभ्यासमा जानकै लागि असंवैधानिक कदम चालेको भन्दै उहाँले यसलाई नरोक्ने हो भने संकटकाललगायत जुनसुकै हर्कत गर्नसक्ने सम्भावना रहेको बताउनुभयो ।

‘असबैधानिक कार्यको काग्रेंस मात्र हैन सबै राजनैतिक दलहरुले प्रतिबाद गर्नुपर्छ, नत्र ओलीले राष्ट्रघातका लागि जे पनि गर्दै जानेछन्,’ कोइरालाले भन्नुभयो । नेता कोइरालाले संसद विघटनको सिफारिसका सन्दर्भमा सत्तारुढ दलका नेताहरु, प्रमुख प्रतिपक्ष दलका नेता, संविधानविद्, कानूनविद् सबैसँग छलफल गर्न र असंवैधानिक कदमलाई रोक्न राष्ट्रपतिलाई आग्रहसमेत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button