Tune to BFM 91.2|Biratnagar

प्रधानमन्त्री ओलीले जनमतको अपमान गरे : नेता थापा

विराटनगर, २९ माघ । नेपाली काँग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर जनमतको अपमान गरेको आरोप लगाउनु भएको छ । उहाँले सनकको भरमा प्रतिनिधिसभा विघटन गरिएको बताउनुभयो । थापाले भन्नुभयोे,‘ पार्टी भित्रको कारण देखाएर संसद विघटन गर्न पाईदैन ।’

नेपाली काँग्रेस विराटनगर महानगर समितिले आज आयोजना गरेको वर्तमान राजनीतिक अवस्था संवैधानिक संकट यसको निकास र आजको अवस्था विषयक विचार गोष्ठीमा नेता थापाले सो कुरा बताउनु भएको हो । संविधानको रक्षा एवं प्राण बचाउन सर्वोच्च अदालतप्रति विश्वास रहेको बताउनुभयो । संविधानको चिरहरण भएमा नेपाली काँग्रेसले ठेगान लगाउने नेता थापाको भनाई छ । सर्वोच्च अदालतले कसैको गर्जनमा प्रभावित बन्न नहुने उहाँको तर्क छ ।

केन्द्रीय सदस्य प्रदीप पौडेलले संविधान विपरित हुने कुनै पनि कार्य नेपाली काँग्रेस लाई स्वीकार्य नहुने बताउनुभयो । सरकारको पछिल्लो कदम सच्चिनु पर्ने उहाँले बताउनुभयो । केन्द्रीय सदस्य गुरुराज घिमिरेले विधिविहीन अवस्थालाई अन्त्य गर्न सर्वोच्च अदालतले संविधानको रक्षा गर्नु पर्नेमा जोड दिनुभयो ।

संविधानविद् डा. विपीन अधिकारीले संविधानमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको जिकिर गर्नुभयोे । उहाँले प्रजातन्त्र र संविधानको मूल्यमान्यतालाई सर्वोच्च अदालतले रक्षा गर्नु पर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button