प्रधानमन्त्री ओली आउँदै

0
41

विराटनगर, ३ चैत । प्रधानमन्त्री केपी शर्मा ओली आज विराटनगर आउँदै हुनुहुन्छ । विराटनगर आए लगत्तै विहान ११ वजे विराटनगर महानगरपालिकासँगै जोडिएको कटहरी गाउँपालिकामा निर्माण गरिएको तरकारी तथा फलफूल थोक बजारको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । थोक वजारको उद्घाटन पछि नेकपा पार्टी कार्यालय पाञ्चालीमा कार्यकर्ता भेलालाई संवोधन गर्ने कार्यक्रम रहेको बताईएको छ । कार्यकर्ता भेटघाट पछि सुनसरीको बर्जुताल निरीक्षणका लागि प्रधानमन्त्री ओली जाने बताईएको छ । करिव पौने २ सय विगाहा क्षेत्रफलमा रहेको ताल पछिल्लो समय पर्यटकीय स्थलका रुपमा विकास हुँदै गएको छ । प्रधानमन्त्री ओली दिउँसो २ वजे तालमा आउने कार्यक्रम रहेको कार्यक्रम संयोजक जिवछ रोयले जानकारी दिनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here