Tune to BFM 91.2|Biratnagar

प्रधानमन्त्री, चार पूर्वप्रधानन्यायाधीशलाई उपस्थित भएर जवाफ दिन सर्वाेच्चको आदेश

विराटनगर १५ पुस । सर्वाेच्च अदालतले मानहानी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली, चार पूर्व प्रधानन्यायाधीश र पूर्वसभामुखलाई बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं उपस्थित भएर जवाफ दिन आदेश दिएको छ ।

न्यायाधीश मनोजकुमार शर्माको आजको एकल इजलासले प्रधानमन्त्री ओलीलाई बाटोको म्यादबाहेक ७ दिनभित्र अदालतमा उपस्थित भएर अदालतको अवहेलना मुद्दामा जवाफ दिन आदेश दिएको हो ।साथै, चार पूर्व प्रधानन्यायाधीहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीका साथै पूर्वसभामुख दमननाथ ढुंगानालाई पनि बाटोको म्यादबाहेक ७ दिनभित्र अवहेलना मुद्दामा जवाफ दिनका लागि उपस्थित हुन आदेश दिएको छ ।

प्रधानमन्त्री ओलीले माघ ९ गते प्रतिनिधिसभा विघटनको सर्वाेच्चको संवैधानिक इजलासमा विचाराधीन मुद्दामा कानुन व्यवसायीका बारे अभिव्यक्ति दिनुभएको थियो । उहाले वकीलहरुले कुरा फिटेका फिट्यै गरेका छन् तर प्रतिनिधिसभा पुनस्र्थापना हुँदैन र बाजे वकीललाई अदालतमा लिएर तमासा देखाएको भन्नुभएकोथियो ।

यसरी अदालतमा विचाराधीन मुद्दामा अभिव्यक्ति दिएको भन्दै सर्वाेच्च अदालतमा प्रधानमन्त्रीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले रिट निवेदन हाल्नुभएकोथियो ।प्रधानमन्त्री ओलीलाई अवहेलना मुद्दामा अदालतमा उपस्थित गराएर बयान लिई कारबाही गर्नुपर्ने माग कानुन व्यवसायीहरूले गरेका छन ।प्रतिनिधिसभा विघटनबारे वक्तव्य जारी गरेका चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अधिवक्ताद्वय धनजित बस्नेत र लोचन भट्टराईले छुट्टाछुट्टै रिट निवेदन दर्ता गराउनुभएको छ ।

पूर्वसभामुख ढुंगानाविरुद्ध अधिवक्ता राजाराम घिमिरेले रिट निवेदन दर्ता गराउनुभएको थियो । ढुंगानाले विदेशमा न्यायाधीशरूलाई इजलासबाट सडकमा ल्याएको उदाहरण दिँदै नेपालमा पनि त्यस्तै गर्ने अवस्था नआओस् भनेर अभिव्यक्ति दिनुभएकोथियो ।सो अभिव्यक्तिले अदालतको मानहानी भएको भन्दै घिमिरेले रिट निवेदन दर्ता गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button