Tune to BFM 91.2|Biratnagar

प्रधानमन्त्री देउवाद्धारा मन्त्रिपरिषद् विस्तारबारे छलफल

काठमाण्डौं, १३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ दलका तीन नेताबीच आज भेटवार्ता भएको छ । सरकार गठनको डेढ महिना भइसक्दा पनि मन्त्रिपरिषद विस्तार गर्न नसकेका प्रधानमन्त्री देउवाले आइतबार विहान सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग छलफल गर्नुभएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच भएको भेटमा मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा छलफल भएको बालुवाटार निकट स्रोतले जनाएको हो । वर्तममान गठबन्धनका मुख्य सारथि मानिनुभएका माधव नेपालको दल दर्ताका लागि समय लागेकाले प्रधानमन्त्री देउवाले डेढ महिनासम्म पनि सरकारलाई पूर्णता दिन सक्नुभएको छैन । हाल मन्त्रिमण्डलमा प्रधानमन्त्रीसहित ६ जना रहेका छन् । जसमा कांग्रेस र माओवादीका दुईरदुई मन्त्री र कांग्रेसका तर्फबाट एक राज्यमन्त्री रहेका छन् ।

सरकारले अध्यादेश ल्याएरै नेकपा एमाले र जसपा विभाजनका लागि सहजीकरण गरेको थियो । दल विभाजनका लागि अध्यादेश ल्याउने देउवा सरकारको निर्णयको सर्वत्र आलोचना भए पनि त्यही अध्यादेशमा टेकेर नेपाल र महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गराइसकेका छन् । सरकारमा नेपालको नेकपा (एस), जसपा जाने निश्चित भइसकेको छ भने राष्ट्रिय जनमोर्चाले नजाने जनाइसकेको छ । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको लोसपा पनि उपयुक्त स्थान पाए सरकारमा जानसक्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button