प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

0
435

काठमाण्डौं, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुन आज स्वीटजरल्याण्ड जाँदै हुनुहुन्छ । १९ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली राती ८ बजेर ५० मिनेटमा त्यसतर्फ प्रस्थान गर्नुहुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । स्वीटजरल्याण्डमा उहाँले तीन वटा फोरममा सहभागिता जनाउनुका साथै साइड लाइन वार्ता समेत गर्नुहुने प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here