Tune to BFM 91.2|Biratnagar

प्रधानाध्यापक श्रेष्ठ हत्याको विरोधमा मोरङका सवै विद्यालय आज बन्द

विराटनगर, २५ मंसिर । मोरङका सवै विद्यालय विहीबार (आज) बन्द हुने भएका छन् । मिक्लाजुङ १ बर्खेको सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्याको विरोधमा सम्पूर्ण विद्यालय बन्द हुने भएका हुन ।

नेपाल शिक्षक महासंघ, मोरङको आह्वानमा विद्यालय बन्द गरिने भएको हो । महासंघले हिजो विज्ञप्ती प्रकाशित गरि परीक्षाका कार्यक्रमलाई बाधा नपुग्नेगरि विद्याल्य बन्दको आह्वान गरिएको महासंघ मोरङका अध्यक्ष दामोदर सिग्देलले बताउनुभयो ।

उहाले विद्यालयमा निर्भिकता पुर्वक पठन पाठन गराउने वातावरण सिर्जना गर्न, शान्ति सुरक्षाको प्रत्याभुति अविलम्व कायम गर्न र भयरहित वातावरण सिर्जनाको माग गर्न एक दिन विद्यालय बन्दको आह्वान गरिएको बताउनुभयो ।यसैवीच नेपाल राहत शिक्षक समिति मोरङले पनि हत्याको विरोध गरेको छ । राहत शिक्षक समितिले दोषीलाई कडा कारवाहीको माग गरेको छ । प्रधानाध्यापक श्रेष्ठको मंसिर २३ गते विहान नेत्र विक्रम चन्द‘विप्लव’ समूहले घरबाट अपहरण गरि घारिलो हतियार प्रयोग गरि घाँटी रेटेर हत्या गरेको थियो । श्रेष्ठको आज अन्त्येष्टि गरिदै छ ।

यसैबिच प्रदेश १ प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले जतिसक्दो चाँडो निर्मम हत्या जस्तो जघन्य अपराधमा संलग्नलाई पक्राउ गर्न निर्देशन दिनु भएको छ । कार्कीको निर्देशन अनुरुप मोरङ प्रहरी प्रमुख सन्तोष खड्का, डीएसपीहरु लोकदर्शन थापा, मानबहादुर राई र इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी निरीक्षक उद्धव पोखरेल नेतृत्वको अलगअलग टोलीले चारैतिर सर्च अभियान चलाएर घटनामा संलग्नको खोजी गरिरहेको छ ।

एसपी खड्का आफै टोली लिएर रातभर सर्च अप्रेसनमा खटिइरहनु भएको छ । सशस्त्र प्रहरीका प्रदेश १ प्रमुख डीआईजी वंशीराज दाहालले पनि घटनामा संलग्नको खोजी, पहिचान र पक्राउका लागि ठूलो संख्यामा सशस्त्र प्रहरी घटनास्थल आसपासमा खटाउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button