प्रयोगमा आउन सकेन ब्रुमर

0
46

विराटनगर, २० मंसिर । दक्ष जनशक्तिको अभावमा धुलो सफा गर्ने गाडी ब्रुमर विराटनगर महानगरपालिकाले दुई महिनादेखि प्रयोगमा ल्याउन सकेको छैन । गत असोज महिनामै सडकको धुलो सफा गर्नका लागि महानगरपालिकाले स्वीपर भ्याक्युम टाइप पावर ९५ एचपी नामक भारतीय टाटा कम्पनीको ब्रुमर गाडी खरिद गरेको थियो । तर, सो सवारी चलाउन हालसम्म दक्ष जनशक्ति नभेटिंदा बु्रमर महानगरपालिकाको कम्पाउण्डमै सीमित रहेको छ । महानगरपालिका प्रमुख भीम पराजुलीले धुलो सफा गर्नका लागि महानगरले ल्याएको गाडी दक्ष चालककै अभावमा सञ्चालनमा ल्याउन नसकेको बताउनु भयो । दक्ष चालक नभएकै कारण ब्रमर संचालन गर्न नसकिएको उहाँको भनाइ छ । महानगरले सडक निर्माण तथा विस्तारका क्रममा अत्याधिक धुलो भएको जनगुनासो संगै गतवर्ष नै बु्रमरको खरिदका लागि टेण्डर प्रक्रिया अघि बढाएको थियो । जसमा इटेण्डरमार्फत म्याप इन्टरप्राइजेज प्रा.लिले गाडी ढिलोगरि असोजमा महानगरलाई उपलब्ध गराएको हो । महानगरले धुलो सफा गर्ने यस बु्रमर गाडी म्याप इन्टरप्राइजेजसंग ५५ लाख रुपैयाँमा खरिद गरेको हो । महानगरले गत असोजमै ल्याएको गाडी पहिलोपटक प्रयोग गर्ने क्रममा सामान्य प्राविधीक खराबीसंगै थन्किएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here