Tune to BFM 91.2|Biratnagar

प्रशासनिक खर्च कटौती गर्ने प्रदेश–१ सरकारको घोषणा

विराटनगर , ११ असार । सवारी साधन खरिदसहित प्रशासनिक खर्च कटौती गर्ने घोषणा गरेको प्रदेश–१ सरकारले आगामी आर्थिक वर्ष करिब आधा अर्ब रुपैयाँ बराबरको सवारी साधन खरिद गर्ने भएको छ ।

प्रदेश सरकारले यही असार १ गते प्रदेशसभामा पेश गरेको आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेटमा सवारी साधन खरिदका लागि ४८ करोड ५० लाख ५५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले सवारी साधन मर्मत शीर्षकमा आगामी आर्थिक वर्षका लागि ७ करोड ६६ लाख ९४ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यसैगरी बजेटमा इन्धनमा ९ करोड ३४ लाख ३३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । सरकारले सवारी साधन खरिदभन्दा दोब्बर बढी बजेट मेसिनरी तथा औजार खरिद शीर्षकमा विनियोजन गरेको छ ।

प्रदेश सरकारका मन्त्रालय र कार्यालयका लागि विभिन्न विद्युतीय सामग्रीहरू खरिद गर्नका लागि ९१ करोड ६३ लाख ७३ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । सवारी साधन खरिदमा गत वर्षको भन्दा कम बजेट विनियोजन गरिएको भए पनि कार्यालय सञ्चालनको अन्य खर्च भने करिब उस्तै देखिएको छ ।

प्रदेश सरकार मातहतका मन्त्रालयहरूले कोरोना भाइरसको महामारीको अवस्थामा पनि विगत वर्षहरूमा झैं बजेट माग गरेपछि प्रदेश सरकारको बजेट क्षमताभन्दा महत्वकांक्षी बनेको भन्दै आलोचना भइरहेको छ । मन्त्रालयहरूले विगत वर्षझैं बजेट माग गर्दा प्रदेश सरकारले ५ अर्बभन्दा बढीको घाटा बजेट तयार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button