प्रशिक्षण तथा अन्र्तक्रिया कार्यक्रम

0
67

विराटनगर, २७ जेठ । प्रदेश नं. १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङवोले नेपालको सेयर बजारको अवस्था उत्साहजनक नभएको बताउनु भएको छ । उहाँले समग्र पूँजी वजार अझै पनि परिपक्व भइ नसकेको बताउनुभयो । प्रदेश नं. १ का पत्रकारहरुको लागि विराटनगरमा आज आयोजित आर्थिक तथा धितोपत्र वजार सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । मन्त्री आङवोले आधुनिक अर्थतन्त्रमा पुँजी वजारको स्थिति शुदृढ हुनुपर्ने बताउनुभयो । उहाँले नेपाल धितोपत्र बोर्डलाई सर्वसाधारणहरुको पहँुच सम्म पुर्याएर अगाडी बढन सुझाव समेत दिनु भयो । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी रमेस केसीले धेरै जसो आम नागरीक सम्म धितोपत्रका विषयमा चासो सरोकार रहेतापनि त्यसका धेरै प्राविधिक पक्षहरुमा थाहा नभएको बताउनुभयो । वि.स. १९९४ सालमा विराटनगर जुट मिल्स र नेपाल वैंक लिमिटेडले प्रथम पटक सर्वसाधारणलाई धितोपत्र निष्कासन गरेपछि अनौपचारि रुपमा धितोपत्रको सुरुवात भएको बोर्डका अध्यक्ष डा.रेवत बहादुर कार्कीले बताउनु भएको छ । अध्यक्ष कार्कीले केन्द्रको भूमिका स्थापनाको उदेश्य अनुरुप नभएको महशुस गरी नेपाल सरकारले जारी गरेका धितोपत्रहरु खरिद बिक्री गर्ने गराउने व्यवस्थाका लागि आवश्यक कानूनी वयस्था गर्न वि.स. २०४० सालमा धितोपत्र कारोवार ऐन जारी भएको बताउनु भयो । कार्यक्रममा नेपाल धितोपत्र बोर्डका प्रतिनिधि रुपेस के.सीले आर्थिक विकासमा धितोपत्र बजारको भूमिका, धितोपत्र बजार, प्राथमिक बजार र सार्वजनिक निष्काशन विषयमा प्रशिक्षण दिनु भएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here